सोमबार, असार १५,२०८३ 10:33:20
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:33:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ गतेदेखि

Laxmi Sunrise Bank Limited
टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ गतेदेखि

काठमाण्डौ । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले  ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । जुन यही जेठ ७ देखि १२ गतेसम्म काठमाण्डौको प्रसिद्ध स्थल ‘भृकुटीमण्डप’ मा आयोजना हुनेछ। यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन्, त्यो पनि विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनसहित।

मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले रू ५ हजारबराबरको उपहार प्राप्त गर्नेछन्। यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउने कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३० हजारसम्मको सुनिश्चित प्राप्त गर्नेछन्। ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ। त्यसका साथै, ग्राहकहरूले रू. ८ हजारसम्मको नगद छुट, रू. १० हजार रुपैयाँसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट निस्शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ। आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्टशो, टेस्टराइड, विभिन्न खेलहरू,एसि हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ।

जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आमन्त्रण समेत गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.