मंगलवार, श्रावण २६,२०८३ 08:07:54
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:07:54
Bizshala
Global IME Bank Limited

लघुबीमा कम्पनीहरुको ९१% रकम मुद्दती निक्षेपमा थुप्रियो, घट्दो ब्याजदरले आम्दानी घट्न सक्ने

Prabhu Bank Limited
लघुबीमा कम्पनीहरुको ९१%  रकम मुद्दती निक्षेपमा थुप्रियो, घट्दो ब्याजदरले आम्दानी घट्न सक्ने
New Office

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानी २६.०५ प्रतिशतले बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले विभिन्न क्षेत्रमा ४ अर्ब ४३ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए ।  

लघुबीमा कम्पनीहरुको ९१.१८ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म लघुबीमकहरुको मुद्दती निक्षेपमा कुल ४ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यो रकम गत आवको तुलनामा १५.१८ प्रतिशत बढी हो ।  

गत आवको तेस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लघुबीमकहरुको ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ लगानी रहेको थियो ।  

नेपाल बीमा प्राधिकरणले लगानी विविधिकरण गर्न निर्देशन दिएपनि लघुबीमा कम्पनीहरु भने बैंकको मुद्दती निक्षेपमा नै बढी केन्द्रीत देखिएका छन् । पछिल्लो समय बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घट्दो अवस्थमा छ । कुल लगानीको ९१ प्रतिशत रकम बैंकमा सीमित राख्दा लघुबीमकहरुको आम्दानीमा संकुचन आउने देखिन्छ ।  

प्राधिकरणले अन्य सेक्टरको अध्ययन गरेर लगानी विविधिकरण गर्न बारम्बार भनेपनि लघुबीमा कम्पनीहरुले अन्य क्षेत्रमा लगानी गर्न वा बढाउन सकिरहेका छैनन् । यसले लघुबीमकहरुको नाफा उल्लेख्य बढ्न नसक्ने अवस्था आउने देखिन्छ ।  

चालु आवको तेस्रो त्रैमाससम्म आधा जसो लघुबीमकहरुको नाफा ह्वात्तै घटेको छ, जसमा निर्जीवन लघुबीमकहरु रहेका छन् । गत आवको तुलनामा नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८०।०८ प्रतिशत, स्टार माइक्रोको ८९.१० प्रतिशत र ट्रस्ट माइक्रो इन्स्योरेन्सको नाफा ६७।५८ प्रतिशतले घटेको छ भने जीवन लघुबीमकहरुको मुनाफमा उल्लेख्य सुधार देखिएको छ ।  

तेस्रो त्रैमाससम्म लघुबीमकहरुले वाणिज्य बैंकको मुद्दतीमा ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, विकास बैंकको मुद्दतीमा २२ करोड ४१ लाख र ग वर्गको वित्तीय संस्थाहरुमा ५ करोड ३० लाख रुपैयाँ लगानी रहेको छ । वाणिज्य बैंकको मुद्दतीको निक्षेप ८.४७ प्रतिशत, विकास बैंकको ७३० प्रतिशत र फाइनान्सहरुको मुद्दतीको निक्षेप ३६१.११ प्रतिशतले बृद्धि भएको छ ।  

लगानी निर्देशिका बमोजिम लघुबीमकहरुले वाणिज्य बैंकको मुद्दतीमा कुल लगानीको १५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ । त्यस्तै, विकास बैंकहरुको मुद्दतीमा १० प्रतिशत र ग वर्गको वित्तीय संस्थाको मुद्दतीमा ५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

पोहोर शुन्य लगानी रहेको सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी भने यो वर्ष लघुबीमकहरुले ३४ करोड ५९ लाख रुपैयाँ लगानी गरेका छन् । यस वर्ष सबै लघुबीमकले सेयरबजारमा लगानी गर्न हात हालेका छन् । लघुबीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।  

त्यस्तै, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा १ करोड ४७ लाख, सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेञ्र र ऋणपत्रमा १ करोड ८ लाख रुपैयाँ र नागरिक लगानी कोष र म्युचुअल फण्डमा १ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् ।  

लघुबीमा कम्पनीहरुले एउटै सेक्टरमा मात्रै लगानी थुपार्दा मुनाफा प्रभावित बन्न सक्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेको ब्याजदर घट्दो अवस्थामा छ, तर लघुबीमकहरुको ९१ प्रतिशत रकम मुद्दती निक्षेपमै थुप्रिदा आम्दानी उल्लेख्य नबढ्ने देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X