काठमाण्डौ । नेपाली आरोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्ने दुलर्भ किर्तिमान आफ्नो नाम गरेका छन् । उनले आफ्नो यसअघिको रेकर्ड तोड्दै हालसम्म सबैभन्दा बढीपटक सगरमाथा चढ्ने विश्व रेकर्ड कायम गरेका हुन् ।
कामीरिताले मंगलबार बिहान चार बजे सगरमाथा शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जनाएको छ । गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए।
५५ वर्षीय कामीरिता शेर्पाले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। उनले सगरमाथाका अलावा विश्वकै दोस्रो ठूलो हिमाल केटूका साथै मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालको ४५ पटक सफल आरोहण गरिसकेका छन्।