मंगलवार, श्रावण ६,२०८२ 04:21:49
  • मंगलवार, श्रावण ६,२०८२ 04:21:49
Global IME Bank Limited

राप्ती हाईड्रोले असारमा हकप्रद सेयर जारी गर्ने

Hyundai Nepal
राप्ती हाईड्रोले असारमा हकप्रद सेयर जारी गर्ने
Shivam Cement

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी असार १ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  

लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ,पोखरा, नेपालगञ्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

Muktinath Bikas Bank Limited

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति असार २२ गते रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनका लागि गत वैशाख २५ गते अनुमति पाएको थियो । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.