काठमाण्डौ । लगानीकर्ताहरुले चाहेको बेला तुरुन्तै बेच्न सक्ने कम्पनीलाई ‘ब्लु चिप कम्पनी’ भनिन्छ । यस्ता कम्पनी स्थापना काल देखिनै लगातार नाफामा गएका हुन्छन् भने सेयरधनीहरुलाई उच्च लाभांश प्रदान गरेका हुन्छन् । यस्ता कम्पनीहरुको ग्रोथ र लाभांशदर लामो समयसम्म एकनास हुने गर्छ ।
कुनै एक दुई वर्ष मात्रै लाभांश र ग्रोथमा उच्च वृद्धि भएका कम्पनीहरु ब्लु चिप कम्पनीको श्रेणीमा पर्न सक्दैनन् । ब्लूचीप कम्पनीहरुको संस्थागत सुशासन पनि राम्रो हुने गर्छ । यस्ता कम्पनीहरु राम्रो ब्यबस्थापन, बिश्वासिलो वित्तीय अवस्था र उच्च मान्यता प्राप्त ब्राण्डेड कम्पनीको रुपमा चिनिन्छन् । यी कम्पनीहरु कम जोखिम, उच्च र नियमित लाभांश दिने प्रकृतिका हुने गर्छन् ।
विश्वमा ब्लुचिप कम्पनीहरुको इतिहास कति लामो ?
विश्वमा ब्लु चिप कम्पनीको इतिहास एक शताब्दी भन्दा पुरानो रहेको छ । सन् १९२३ मा वालस्ट्रिका कर्मचारी ओलिभर गिङगगोल्डले पहिलोपटक स्टकहरुलाई ब्लु , ह्वाइट र रेड पकर चिप कम्पनीको नाम दिएका थिए । जसमा प्रतिकित्ता २ सय डलर भन्दा माथि कारोबार भएका कम्पनीहरुलाई उच्च भ्यालु भएका ब्लुचिप कम्पनी मानिएको थियो ।
ब्लु चिप कम्पनीहरु देश अनुसार फरक–फरक हुने गर्छन । इन्भेष्टोपेडियाका अनुसार कोकाकोला , पेप्सी को , बर्कशायर हाथवे , अमेजन , नाइकी , आइबिएम , म्याक्डोनल्स , वालमार्ट , क्याटरपिल्लर जस्ता कम्नपीहरु विश्व बजारका ब्लु चिप कम्पनीमा पर्ने गर्छन । त्यसैगरि, इन्भेष्टोपेडियाले नेपालका पनि १७ वटा कम्नपीहरुलाई ब्लु चिप कम्पनीको श्रेणीमा राखेको छ ।
बैंक तथा विकास बैंक समूह
१) नबिल बैंक
२) मुक्तिनाथ विकास बैंक
निर्जीवन बीमा
३ ) शिखर इन्स्योरेन्स
४) सगरमाथा इन्स्योरेन्स
लघुवित्त
५) छिमेक लघुवित्त वित्तिय संस्था
६) निर्धन उत्थान लघुवित्त
७ ) साना किसान विकास लघुवित्त
हाईड्रो पावर
८ ) चिलिमे जलविद्युत
९ ) बुटवल पावर कम्पनी
जीवन बीमा
१० ) नेपाल लाइफ इन्स्योरेन्स
११ ) लाइफ इन्स्योरेन्स कम्पनी
अन्य
१२ ) साल्ट ट्रेडिङ कर्पोरेशन
१३ ) सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट
१४ ) नेपाल टेलिकम
१५ ) बोट्लर्स नेपाल (तराई)
१६ ) बोटसर्ल नेपाल (बालाजु )
१७ ) हिमालयन डिष्टिलरी
नोटः यी माथि उल्लेखित कम्पनीहरु लगानीसम्बन्धी अध्ययन गर्ने संस्था इन्भेष्टोपेडियाका अनुसार लेखिएको हो । यो खरिद बिक्रीको लागी सिफारिस भने होइन ।