बिहीबार, बैशाख ३१,२०८३ 01:54:37
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:54:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन

Laxmi Sunrise Bank Limited
एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन
Shivam Cement

काठमाण्डौ । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू भएको छ । देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसिटी ज्ञान’ सुरू गरिएको हो ।  

कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।  

यसअन्तर्गत कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कोशी र मधेशको डिजिटल साक्षरता कार्यक्रममा ५०० बढीको सहभागीता रहेको थियो ।एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अगाडि बढेको डिजिटल साक्षरता कार्यक्रम कोशी र मधेशपछि क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुनेछ ।  

कार्यक्रम अन्तर्गत बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिम दिइने छ भने गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छ ।  

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तारमा, कर्णाली प्रदेशको दैलेख र सल्यानमा विद्युतीय सुशासन प्रणाली र डिजिटल वित्तीय समावेशीतामा तथा सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्मका विषयमा साक्षरता दिइने छ ।

यी पहलकदमीहरूले आगामी दिनमा देशभर डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

Bizshala
New Office
CG Motors

कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो भने मधेश प्रदेशको सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैंकिङ् र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धनमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञान पहलले डिजिटल रूपान्तरणको युगमा सचेतना जगाउने र डिजिटल खाडँललाई अन्त्य गर्न पुलको काम गर्ने बताइन् ।  

‘आइसिटी ज्ञान पहल डिजिटल रूपान्तरणको यस युगमा सबैलाई सँगै अगाडि बढाउने र डिजिटल खाडँललाई पूरा गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ उनले भनिन, ‘यस ग्रासरूटस्तरको कार्यक्रममार्फत, हामी विभिन्न आवश्यक डिजिटल ज्ञान र सीप प्रदान गर्दैछौं, जसले गर्दा सहभागीहरु नेपालको डिजिटल भविष्यमा सक्रिय रूपमा सहभागी हुन सक्छन् ।’

यस्तै कार्यक्रमको बारेमा आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम लाभदायीक हुने बताए । समुदायस्तरबाट सीप विकासले सामाजिक–आर्थिक क्षेत्रमा दिगो परिवर्तन ल्याउने विश्वास गरिएको उनको भनाइ छ ।

Garima Development Bank
Shivam Cement
IME remit

एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अगाडि बढेको डिजिटल साक्षरता कार्यक्रम कोशी र मधेशपछि क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुनेछ ।  

कार्यक्रम अन्तर्गत बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिम दिइने छ भने गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यासहरू अघि बढाइने छ ।  

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तारमा, कर्णाली प्रदेशको दैलेख र सल्यानमा विद्युतीय सुशासन प्रणाली र डिजिटल वित्तीय समावेशीतामा तथा सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्मका विषयमा साक्षरता दिइने छ ।

यी पहलकदमीहरूले आगामी दिनमा देशभर डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.