काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले साताव्यापी लामो वृक्षारोपण कार्यक्रम आयोजना गर्दै यो वर्षको विश्व वातारण दिवस मनाएको छ । बैंकले किर्तिपुरमा रहेको ल्याबरोटरी स्कुलमा जेठ २४ गते वृक्षारोपण गर्दै कार्यक्रमको समापन गरेको हो ।
७०० भन्दा बढी विरुवा रोप्न बैंकका करिब ३५० जना कर्मचारी सहभागी थिए । उक्त अवसरमा फल दिने, फूल फुल्ने र छहारी प्रदान गर्ने विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो । बैंकका कर्मचारीले वृक्षारोपण स्थल सफा गुर्नका साथै यसअघिको वृक्षारोपण गरिएको स्थानको अवलोकन समेत गरेका थिए ।
यो पहलले हरियाली प्रवद्र्धन, जैविक विविधता र दीर्घकालिन वातारण संरक्षणमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।
वृक्षारेपण कार्यक्रमको सुरुवात बैंकका सीईओ गोरख राना, डेपुटी सीईओ सर्बेन्द्र मिश्र र ल्याबरोटरी स्कुलका सह प्राधनध्यापक पेम्बा छिरिङ शेर्पाले गरेका थिए ।