शनिबार, जेष्ठ २,२०८३ 07:14:00
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:14:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एयर इंडियाको विमान क्र्यास : जीवित एकमात्र व्यक्ति ‘सीट ११ए’ मा फेला, २० जना इन्टर्न डाक्टरको पनि मृत्युको आशंका

Laxmi Sunrise Bank Limited
एयर इंडियाको विमान क्र्यास : जीवित एकमात्र व्यक्ति ‘सीट ११ए’ मा फेला, २० जना इन्टर्न डाक्टरको पनि मृत्युको आशंका
Shivam Cement

नयाँदिल्ली । हमदाबादस्थित मेघाणी नगरमा आज भयावह विमान दुर्घटना भएको छ। एयर इंडिया को लन्डन जाँदै गरेको फ्लाइट ड्रीमलाइनर उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा २४२ जना सवार यात्रुहरूमध्ये प्रहरीले केवल एक व्यक्तिलाई मात्र जीवित अवस्थामा फेला पारेको पुष्टि भएको छ।

Bizshala
New Office
CG Motors

अहमदाबादका प्रहरी आयुक्त जी.एस. मलिकका अनुसार, "सीट ११ए मा बसिरहेका एक व्यक्ति जीवित भेटिएका छन्। ती व्यक्तिलाई अस्पताल लगिएको छ र अहिले उपचार जारी छ। मृतकको संख्या अहिले नै भन्न सकिने स्थिति छैन तर दुर्घटना आवासीय क्षेत्रमा भएको हुनाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ," उनले बताए।

दुर्घटनाग्रस्त विमानमा कुल २४२ जना सवार थिए, जसमा २३० जना यात्रु र १२ जना क्रू सदस्य थिए। यात्रुहरूको सूचीमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको नामसमेत रहेको बताइएको छ।

६१ जना विदेशी नागरिक पनि सवार

एयर इंडिया को उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगलका र १ जना क्यानाडाका नागरिक सवार थिए। प्रारम्भिक रिपोर्ट अनुसार, क्यानाडाका एक नागरिकको ज्यान गएको पुष्टि भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

जीवित भेटिएका एक मात्र व्यक्ति : रमेश विश्वास कुमार

११ए सीटमा बसेका रमेश विश्वास कुमार मात्र अहिलेसम्म जीवित भेटिएका यात्रु हुन्। उनी लन्डन जानका लागि अहमदाबाद विमानस्थलको गेट नम्बर २ बाट बोर्ड गरेका थिए। उनका बोर्डिङ पासमा बोर्डिङ समय दिउँसो १२:१० लेखिएको थियो।

उडानको ५ मिनेटमै क्र्यास

ड्रिमलाइनर विमानले अहमदाबादको सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नम्बर २३ बाट दिउँसो १:३९ बजे लन्डनको लागि उडान भरेको थियो। तर उडान भरेको केही मिनेटमै विमान मेघाणी नगरस्थित बी.जे. मेडिकल कलेजको छात्रावास क्षेत्र नजिकै क्र्यास भयो। प्रारम्भिक अनुमान अनुसार, दुर्घटनामा परी २० जना इन्टर्न डाक्टरको मृत्यु भएको हुनसक्छ।

टाटा सन्सद्वारा मृतक परिवारलाई एक करोड राहत

टाटा सन्सले दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेको छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.