काठमाण्डौ । मानार्थक वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् । नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले असार १० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरे ।
सो भ्रमण कोक्रममा,राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलार्इ सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्नेबारेमा छलफल सम्पन्न गरेका थिए । त्यस्तै,उनीहरुले नेपाल
र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधि मण्डलसहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो ।