आईतवार, असार १५,२०८२ 05:33:27
  • आईतवार, असार १५,२०८२ 05:33:27
Global IME Bank Limited

कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना

Hyundai Nepal
कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना
Nabil Bank Limited

काठमाण्डौ। नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित यो दुईदिने भव्य कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा गहिरो विश्वास जगाएको छ।

कोशी प्रदेशको सामर्थ्य र प्रतिवद्धता कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सडानन्द मण्डलले उद्घाटन मन्तव्यमा कोशीको समृद्धिको मेरुदण्ड पर्यटन नै भएको उल्लेख गर्दै स्वास्थ्य पर्यटनप्रति सरकार गम्भीर रहेको बताए। ‘हामी पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्ने दिशामा स्पष्ट मार्गमा अघि बढिरहेका छौं, मन्त्री मण्डलले भने, ‘भारतबाट उपचारका लागि आउने पर्यटकहरूका लागि सहज र सुरक्षित वातावरण बनाउन प्रदेश सरकार कटिबद्ध छ।’

उनले कोशी प्रदेशमा उपलब्ध गुणस्तरीय मानव स्रोत, अनुकूल हावापानी, आधुनिक स्वास्थ्य पूर्वाधार, र प्राकृतिक शान्त वातावरणले उपचारमा सहयोग पुग्ने भएकाले आयुर्वेददेखि एलोपेथी उपचारसम्मका लागि कोशी उपयुक्त गन्तव्य भएको उल्लेख गरे। ‘यहाँको हावापानीले नै धेरै रोग निको हुन्छ,’ उनले भने,

 

CG Motors
Muktinath Bikas Bank Limited

‘स्वास्थ्य पर्यटन सेवा विस्तार र कानुनी सहुलियतका उपायहरूमा सरकार निरन्तर काम गरिरहेको छ।’

मार्टमा आँखा, दन्त, छाला र आयुर्वेदिक उपचार सेवा दिने अस्पतालहरू, होटल व्यवसायी, पर्यटन सेवा प्रदायक, औषधालय तथा विभिन्न निकायहरूका गरी ४८ वटा स्टलहरू राखिएका थिए। साथै, कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनीले मार्टलाई थप आकर्षक बनाएको थियो।

फिनल्याण्डदेखि विराटनगरसम्म चार्टर्ड फ्लाइटमार्फत उपचार गर्न आएका विदेशीको अनुभवदेखि सीमावर्ती भारतीय पर्यटकहरूको नियमित आउजाउसम्मका उदाहरणहरूले कोशीको क्षमताको पुष्टि गरेका छन्।

नीतिगत छलफल र सहकार्यको सुरुवात स्वास्थ्य पर्यटनको सम्भावना, चुनौती र सुधारका विषयमा केन्द्रित दुईवटा प्यानल छलफल मार्टका क्रममा गरिएको थियो । पहिलो सत्रमा आँखा रोग विशेषज्ञ डा. अजितकुमार ठाकुर, क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्रकुमार शर्मा,पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनाल, र भारतका पर्यटन व्यवसायी देवाशिष चक्रवर्तीले संयुक्त रुपमा स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनको सम्भावना र खाका प्रस्तुत गरे ।

दोस्रो सत्र ‘सीमापार पर्यटन’ शीर्षकमा सम्पन्न प्यानल छलफलमा नेपाल कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ, नाटा कोशी प्रदेशका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ, एचएचटीडीएनका महासचिव सम्राट सिग्देल र बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमा पार पर्यटनमा नीति, पूर्वाधार र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

स्वास्थ्य पर्यटन प्रवद्र्धनको अर्को महत्वपूर्ण नेपाल र भारतका पर्यटन व्यवसायीबीच सम्पन्न बीटुबी बैठक हो । भारतका २५ भन्दा बढी प्रतिनिधिको सहभागिताले भविष्यमा उपचार प्याकेज निर्माण, लगानीका सम्भावना र सहकार्यका रणनीतिमा नयाँ आधार तय गर्ने विश्वास गरिएको छ ।

विज्ञहरूको धारणाः कोशी तयार छ  

आँखा रोग विशेषज्ञ डा। ठाकुरले नेपालकै उच्च पदस्थ व्यक्ति तथा भारतका विशिष्ट व्यक्तित्वले आँखा उपचारका लागि नेपाल रोज्‍ने गरेको अनुभव सुनाए ।

‘हामी पूर्वाधार, जनशक्ति र गुणस्तरका हिसाबले तयार छौं,’ उनले भने।

त्यसैगरी क्यानसर रोग विशेषज्ञ डा। शर्माले प्रचारको अभावका कारण हाम्रो स्वास्थ्य पर्यटनमा सकेजति प्रगति हुन नसकेको धारणा राखे । उनी भन्छन्,‘भारतको तुलनामा सस्तो र गुणस्तरीय सेवा दिन सक्ने हाम्रो क्षमता छ । तर प्रचार अभाव छ  ।’

बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटनलाई नयाँ एभिन्यूका रूपमा अघि बढाउँदै नेपालको हिलिङ वातावरण र हिमाली प्रभावलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रुपमा प्रस्तुत गर्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटनलाई

नेपालको आर्थिक विकासको रणनीतिक मार्गको रूपमा चित्रण गरेका छन् । उनले निजी तथा सार्वजनिक क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

‘स्वास्थ्य सँगसँगै पर्यटन प्रवर्द्धन गरौं” भन्ने मूल नाराका साथ सम्पन्न यो मार्टले कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, शान्त प्राकृतिक वातावरण, सीमापार पहुँच, तथा सरकारी इच्छाशक्तिको समिश्रणमार्फत नेपाललाई स्वास्थ्य पर्यटनको उदीयमान गन्तव्य बनाउने दिशामा पहलको सुरुवात गराएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.