काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत १३ गतेदेखि १६ गतेसम्म यो तालिम आयोजना गर्न लागेको हो ।
यो तालिममा योग्यता पुगेका व्यक्ति तथा संस्थाहरुले सहभागी हुन पाउनेछन् । कम्पनीले तालिममा सहभागी हुन तथा अभिकर्ता इजाजतपत्रका लागि निवेदन पेश गर्दा व्यक्तिगत र संस्थागततर्फ विभिन्न कागजातको माग गरेको छ । तालिममा सहभागी हुनका लागि न्यूनतम शैक्षिक योग्यता एलएलसी वा सो सरह उत्तिण गरेको हुनुपर्ने जनाएको छ ।
उक्त तालिम नारायणचौर, नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । उक्त तालिममा ५० जनाभन्दा बढीसलाई सहभागी नगराइने कम्पनीले जनाएको छ । पहिले प्राप्त निवेदनलाई प्राथमिकता दिइने कम्पनीले सूचनामा उल्लेख गरेको छ । इच्छुक र योग्य व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।