आईतवार, असार १४,२०८३ 01:44:31
Bizshala
  • आईतवार, असार १४,२०८३ 01:44:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राप्ती हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद थप

Laxmi Sunrise Bank Limited
राप्ती हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत असार १ गतेदेखि हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु।१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ।  

यो हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर अब यसमा असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ,पोखरा, नेपालगञ्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.