काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको ठूलो परिमाणको संस्थापक सेयर बिक्रीमा आउने भएको छ ।
कम्पनीका आधारभूत शेयरधनी गेन्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्न चाहेको भन्दै कम्पनीमा निवेदन दिएका छन् । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको छ ।
कम्पनीका अनुसार आधारभूत शेयरधनी लामाले आगामी ३ महिनाभित्र आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्ने आशयसहित कात्तिक १७ गते निवेदन दिएका हुन् ।
धितोपत्रसम्बन्धी ऐन तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको निश्चित हिस्सा बिक्री गर्नुअघि बजारलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार कम्पनीले लामाले बिक्री गर्न चाहेको सेयरसम्बन्धी विवरण नेप्सेलाई जानकारी गराएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।