मंगलवार, कार्तिक १७,२०८३ 06:52:07
  • मंगलवार, कार्तिक १७,२०८३ 06:52:07
Global IME Bank Limited

सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी

Bizshala
सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी
New Office

काठमाण्डौ । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्ने विषयमा दुई मन्त्रालयबीच छलफल भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच भएको छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर सुधार, उत्पादन प्रणालीको आधुनिकीकरण तथा औषधि निर्यातको सम्भावनाबारे कुराकानी भएको हो ।

छलफलमा विशेषगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणाली विकास गर्ने र वैद्यखानालाई थप व्यवस्थित, गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउने विषयमा जोड दिइएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वैद्यखानाको संस्थागत क्षमता विकास तथा प्रविधि हस्तान्तरणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबीच आवश्यक सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र (एमओयू) गर्ने विषय पनि छलफलमा उठेको जनाइएको छ ।

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता रहेको थियो ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.