बिहीबार, श्रावण २१,२०८३ 05:11:38
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:11:38
Bizshala
Global IME Bank Limited

देशभरका सुनचाँदी व्यवसायी न्यूरोडमा, सिठी बजाएर विरोध प्रदर्शन(फोटो फिचर)

देशभरका सुनचाँदी व्यवसायी न्यूरोडमा, सिठी बजाएर विरोध प्रदर्शन(फोटो फिचर)
New Office

काठमाण्डौ । देशभरका सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले यसअघि गरेको प्रतिबद्धताअनुसार आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले पुनः आन्दोलन थालेका हुन् ।  

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको ब्यानरमा सुनचाँदी व्यवसायीहरुले बुधबार काठमाण्डौको न्यूरोड क्षेत्रमा सिठी बजाएर प्रदर्शन गरे । 

आन्दोलनमा देशभरका सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको दुवै महासंघका आधिकारिक प्रतिनिधिहरुले जनाएका छन् ।  

बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् । यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले  असारदेखि आन्दोलन स्थगित गरेका थिए।

सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने वचन दिए पनि त्यसको सुनुवाई नभएपछि पुनः आन्दोलन थालेका हुन् । विगत केही दिनदेखि व्यवसायीहरुले आफ्ना पसलहरु बन्द गरेर विरोध जनाइरहेका थिए । बुधबार भने सिठी बजाएर प्रदर्शन गरेका हुन् ।  

उनीहरुको प्रदर्शनका कारण न्यूरोड क्षेत्रको सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।  

सरकारले बजेट मार्फत सुनका सबै किसिमका गरगहनामा २ प्रतिशत विलासी कर र बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) लगाएको थियो । यिनै दुई व्यवस्था खारेज हुनुपर्ने उनीहरुको माग छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.