शनिबार, श्रावण १०,२०८२ 11:44:30
  • शनिबार, श्रावण १०,२०८२ 11:44:30
Global IME Bank Limited

पिपुल्स पावरको ३९.०७ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

Hyundai Nepal
पिपुल्स पावरको ३९.०७ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने
Shivam Cement

काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडलेको लक इन समयावधि भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको ३९ लाख ७ हजार ९४८ कित्ता बढी सेयरको लक इन अवधि भदौ १२ गते समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।  

Muktinath Bikas Bank Limited

कम्पनीको ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिान्दाका लागि जारी गरीएको ६ लाख ३२ हजार ६ सय कित्ता र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ४९ हजार ३४८ कित्ता गरी कुल ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।  

कम्पनीले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लाई आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरी २०७९ भदौ १२ गते बाँडफाँड गरिएको थियो ।  

कम्पनीको संस्थापक सेयरधनीहरुको हकमा प्रचलित कानूनबमोजि खरिदबिक्री हु्ने र संस्थापक सेयर सदस्य मध्ये सञ्चालक सदस्यमा रहेका कर्मचारीहरुले भने खरिदबिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.