काठमाण्डौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको बुक क्लोज मिति तय गरिएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरिएको हो।
योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ साउन १२ गतेसम्म कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले शुभ लक्ष्मी कोषका लागि १६ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।