मंगलवार, असार १७,२०८२ 06:31:34
  • मंगलवार, असार १७,२०८२ 06:31:34
Global IME Bank Limited

लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले ५७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी चैत २३ गते शुक्रबारका दिन बिहान ११ बजे काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.