साल्ट ट्रेडिङ कर्पोरेशनको खर्च दबाबबीच नाफा वृद्धि, बिक्री आम्दानी ४०% ले बढ्यो
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खर्चको चापका बाबजुद नाफा बढाउन सफल भएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको ३ करोड ५३ लाख रुपैयाँको तुलनामा २९.३४ प्रतिशत बढी हो।कम्पनीको बिक्री उल्लेखनीय रूपमा विस्तार भएको...

