काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको ९.५ प्रतिशत दरको कुल ३ लाख ४ हजार ६८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ३५ लाख ११ हजार ८५२ कित्ता पुगेको छ । उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।