काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।