बिहीबार, श्रावण ८,२०८२ 10:07:50
  • बिहीबार, श्रावण ८,२०८२ 10:07:50
Global IME Bank Limited

बजार घट्दा पनि एसटीसीका लगानीकर्ताहरु मालामाल,एकै वर्षमा हातापारे ५४% लाभांश

Hyundai Nepal
बजार घट्दा पनि एसटीसीका लगानीकर्ताहरु मालामाल,एकै वर्षमा हातापारे ५४% लाभांश
Shivam Cement

काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन नेपालकै एउटा पुरानो संस्था हो । झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालनमा छ । यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ ।  

यो कम्पनीको केन्द्रीय व्यापारिक कार्यालय काठमाण्डौको कालिमाटीमा छ । यसका शाखा, उप–शाखा र डिपोहरु देशभर छरिएर रहेका छन् ।  

कम्पनीले अत्यावश्यक खाद्य सामग्री जस्तै– नुन, तेल, चिनी चामल, दाल र ग्यासजस्ता सामग्री सुलभ मूल्यमा बिक्रीवितरण गर्दे आईरहेको छ । कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सूलभ मूल्यमा बिक्री गर्ने जनाएको छ ।

यो कम्पनीमा २१ प्रतिशत सरकार र ७९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ।

Muktinath Bikas Bank Limited

आधारभुत पक्षः  

यस आर्थिक बर्षको पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्ता पूँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३५  करोड ९७ लाख रुपैयाँ रहेको छ । यस हिसावले कम्पनीको कुल पूँजी १ अर्व ६३ करोड ६५ लाख रुपैयाँ रहेको छ । यस आर्थिक बर्षमा कम्पनीको खूद मूनाफा ३ करोड ५८ लाख रुपैंयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २५.६९ रुपैयाँ रहेको छ । जुन  अघिल्लो आर्थिक बर्षको तुलनामा ९० प्रतिशतले बढी हो । यसै गरि कम्पनीको बुक भ्यालु ५८६.८४ रुपैयाँ रहेको छ भने कम्पनीको रिर्टन अन इक्विटी४.३८ प्रतिशत रहेको छ ।  जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २७ प्रतिशतले बढी हो ।  

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड इन्डेक्स  

फिएर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल स्ट्रङ  बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस्तो इन्डेक्स यदि २० भन्दा तल भएको खण्डमा स्ट्रङ वियरिस र ८० भन्दा माथि रहेमा स्ट्रङ बुलिस भन्ने हो । हाल यो कम्पनीको इन्डेक्स ८० भन्दा माथि चलेको छ । यसकारण यो कम्पनी स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य ५ हजार ७६८ रुपैयाँ पुगेको थियो भने न्युन मूल्य ३ हजार ६२० रुपैयाँ रहेको थियो । हाल दोस्रो बजारमा यो कम्पनीको अन्तिममा सेयर मूल्य ५ हजार २७० मा रहेको देखिन्छ ।  

इचिमोकू  

इचिमोकूको आधारमा यो कम्पनी हाल साइडवेजनमा चलेको देखिन्छ । इचिमोकूमा यदि मुल्य रेखाहरु क्लाउड पोजिसन भन्दा माथि चलेमा बुलिस , क्लाउड पोजिसन भन्दा तल चलेमा वियरिस र क्लाउड पोजिसनसँग सँगै चलेमा साइडवेज मानिन्छ । हाल यो कम्पनीको सेयर भाउ क्वाउड पोजिसनसँगै चलेको कारण कम्पनीको सेयर भाउ साइड वेज चलेको देखिन्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआईको आधारमा  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा छोएर तल झरेको छ । तर मध्य ब्याण्ड भन्दा माथि नै चलेको छ । म्याक्डी मार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम सकरात्मक नै रहेका छन तर छोटा–छोटा हुँदै गएका छन् । आरएसआइ पनि हाल न्युट्रल जोन भन्दा माथि ५४ को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउ साइड वेज चलको देखिन्छ ।  

पिभट्  प्वइन्टः

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –५९२०

प्रतिरोध २ –५६६३

प्रतिरोध १– ५३९४

पिभट प्वइन्टः ५१३७

घटेमा सपोर्ट  

सपोर्ट १– ४८६४

सपोर्ट २– ४६११

प्रतिरोध ३ –४३४२

निष्कर्षः आधारभुत पक्षबाट यो कम्नपनीलाई नियाल्दा कम्पनीले यस वर्ष रिर्टन अन इक्विटी र जगेडा कोषमा प्रगति गरेको देखिन्छ । अर्थात बढ्दो क्रममा रहेको देखिन्छ । बुक भ्यालु र प्रतिसेयर आम्दानीमा पनि प्रगति देखिन्छ । यस आर्थिक बर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको तुलनामा खूद मूनाफा पनि ९० प्रतिशतले बढेको छ । ५२ साताको न्यून मूल्य ३ हजार ६२० रहेको छ भने उच्च मूल्य ५ हजार ९२० रुपैयाँ रहेको छ । 

यस हिसावले यो कम्पनीको सेयर एक वर्षमा दोस्रो बजारबाट करिव ३९ प्रतिशत आम्दानी गरेका छन् । कम्पनीले यस आर्थिक वर्षमा प्रस्ताब गरेको १५ प्रतिशत बोनस सेयरको बुक क्लोज हुन बाँकी नै रहेको छ । यस हिसाबले यो कम्पनीको लगानीकर्ताहरुले यस वर्ष पूँजीगत लाभ र कम्पनीले दिएको बोनस गरेर कूल ५४ प्रतिशत लाभाश हात पारेका छन् । बजार घट्दा पनि यो कम्पनीका लागनीकर्ता भने मालामाल नै देखिन्छन् । प्राविधिक रुपमा भने यो कम्पनी केही समय देखि साइडवेज चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.