मंगलवार, श्रावण २६,२०८३ 06:24:56
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:24:56
Bizshala
Global IME Bank Limited

बजार घट्दा पनि एसटीसीका लगानीकर्ताहरु मालामाल,एकै वर्षमा हातापारे ५४% लाभांश

Prabhu Bank Limited
बजार घट्दा पनि एसटीसीका लगानीकर्ताहरु मालामाल,एकै वर्षमा हातापारे ५४% लाभांश
New Office

काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन नेपालकै एउटा पुरानो संस्था हो । झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालनमा छ । यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ ।  

यो कम्पनीको केन्द्रीय व्यापारिक कार्यालय काठमाण्डौको कालिमाटीमा छ । यसका शाखा, उप–शाखा र डिपोहरु देशभर छरिएर रहेका छन् ।  

कम्पनीले अत्यावश्यक खाद्य सामग्री जस्तै– नुन, तेल, चिनी चामल, दाल र ग्यासजस्ता सामग्री सुलभ मूल्यमा बिक्रीवितरण गर्दे आईरहेको छ । कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सूलभ मूल्यमा बिक्री गर्ने जनाएको छ ।

यो कम्पनीमा २१ प्रतिशत सरकार र ७९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ।

आधारभुत पक्षः  

यस आर्थिक बर्षको पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्ता पूँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३५  करोड ९७ लाख रुपैयाँ रहेको छ । यस हिसावले कम्पनीको कुल पूँजी १ अर्व ६३ करोड ६५ लाख रुपैयाँ रहेको छ । यस आर्थिक बर्षमा कम्पनीको खूद मूनाफा ३ करोड ५८ लाख रुपैंयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २५.६९ रुपैयाँ रहेको छ । जुन  अघिल्लो आर्थिक बर्षको तुलनामा ९० प्रतिशतले बढी हो । यसै गरि कम्पनीको बुक भ्यालु ५८६.८४ रुपैयाँ रहेको छ भने कम्पनीको रिर्टन अन इक्विटी४.३८ प्रतिशत रहेको छ ।  जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २७ प्रतिशतले बढी हो ।  

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड इन्डेक्स  

फिएर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल स्ट्रङ  बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस्तो इन्डेक्स यदि २० भन्दा तल भएको खण्डमा स्ट्रङ वियरिस र ८० भन्दा माथि रहेमा स्ट्रङ बुलिस भन्ने हो । हाल यो कम्पनीको इन्डेक्स ८० भन्दा माथि चलेको छ । यसकारण यो कम्पनी स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य ५ हजार ७६८ रुपैयाँ पुगेको थियो भने न्युन मूल्य ३ हजार ६२० रुपैयाँ रहेको थियो । हाल दोस्रो बजारमा यो कम्पनीको अन्तिममा सेयर मूल्य ५ हजार २७० मा रहेको देखिन्छ ।  

इचिमोकू  

इचिमोकूको आधारमा यो कम्पनी हाल साइडवेजनमा चलेको देखिन्छ । इचिमोकूमा यदि मुल्य रेखाहरु क्लाउड पोजिसन भन्दा माथि चलेमा बुलिस , क्लाउड पोजिसन भन्दा तल चलेमा वियरिस र क्लाउड पोजिसनसँग सँगै चलेमा साइडवेज मानिन्छ । हाल यो कम्पनीको सेयर भाउ क्वाउड पोजिसनसँगै चलेको कारण कम्पनीको सेयर भाउ साइड वेज चलेको देखिन्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआईको आधारमा  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा छोएर तल झरेको छ । तर मध्य ब्याण्ड भन्दा माथि नै चलेको छ । म्याक्डी मार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम सकरात्मक नै रहेका छन तर छोटा–छोटा हुँदै गएका छन् । आरएसआइ पनि हाल न्युट्रल जोन भन्दा माथि ५४ को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउ साइड वेज चलको देखिन्छ ।  

पिभट्  प्वइन्टः

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –५९२०

प्रतिरोध २ –५६६३

प्रतिरोध १– ५३९४

पिभट प्वइन्टः ५१३७

घटेमा सपोर्ट  

सपोर्ट १– ४८६४

सपोर्ट २– ४६११

प्रतिरोध ३ –४३४२

निष्कर्षः आधारभुत पक्षबाट यो कम्नपनीलाई नियाल्दा कम्पनीले यस वर्ष रिर्टन अन इक्विटी र जगेडा कोषमा प्रगति गरेको देखिन्छ । अर्थात बढ्दो क्रममा रहेको देखिन्छ । बुक भ्यालु र प्रतिसेयर आम्दानीमा पनि प्रगति देखिन्छ । यस आर्थिक बर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको तुलनामा खूद मूनाफा पनि ९० प्रतिशतले बढेको छ । ५२ साताको न्यून मूल्य ३ हजार ६२० रहेको छ भने उच्च मूल्य ५ हजार ९२० रुपैयाँ रहेको छ । 

यस हिसावले यो कम्पनीको सेयर एक वर्षमा दोस्रो बजारबाट करिव ३९ प्रतिशत आम्दानी गरेका छन् । कम्पनीले यस आर्थिक वर्षमा प्रस्ताब गरेको १५ प्रतिशत बोनस सेयरको बुक क्लोज हुन बाँकी नै रहेको छ । यस हिसाबले यो कम्पनीको लगानीकर्ताहरुले यस वर्ष पूँजीगत लाभ र कम्पनीले दिएको बोनस गरेर कूल ५४ प्रतिशत लाभाश हात पारेका छन् । बजार घट्दा पनि यो कम्पनीका लागनीकर्ता भने मालामाल नै देखिन्छन् । प्राविधिक रुपमा भने यो कम्पनी केही समय देखि साइडवेज चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X