काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा १.२५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ३ करोड ५८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी पनि ३१.५४ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीबाट ४ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म २ करोड ५७ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीले कर्मचारी खर्च १५ करोड ९९ लाख, ब्याज खर्च ७ करोड ६० लाख , ह्रासकट्टी खर्च ६० लाख ७७ हजार र ७ करोड ६० लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ६ अर्ब ८६ करोड र कुल चालु दायित्व ७ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२२.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३८४.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८३१.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४३.८९ गुणा कायम भएको छ ।