शुक्रबार, श्रावण २९,२०८३ 08:54:59
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:54:59
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तको नाफा २५५% ले बढ्यो, वितरणयोग्य मुनाफा पनि ३६९% ले वृद्धि

Prabhu Bank Limited
महुली लघुवित्तको नाफा २५५% ले बढ्यो, वितरणयोग्य मुनाफा पनि ३६९% ले वृद्धि
New Office

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५५.८० प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा संस्थाले ३ करोड २१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.०२ प्रतिशतले बढेको छ । संस्थाले ३६ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ५ करोड ११ लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड २३ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४० करोड १९ लाख र सञ्चालन मुनाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

CG Motors

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३६९.२५ प्रतिशतले बढ्दै १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ पुगेको छ ।  संस्थाको रिजर्भ २८ करोड ५८ लाखबाट बढेर २९ करोड ८९ लाख र रिटेन्ड अर्निङको आकार पनि २ करोड ६४ लाखबाट बढेर १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।  

चौथो त्रैमाससम्ममा १ अर्ब ८३ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब २४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवमा ३.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात ४.८० प्रतिशत पुगेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड ७७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३०.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६४.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.८६ गुणा र तरलता अनुपात १५.१७ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X