सोमबार, श्रावण ४,२०८३ 07:18:59
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 07:18:59
Bizshala
Global IME Bank Limited

भोल्स्वागेनका पावरफुल दुई मोडल भट्रस र टाईगुन बजारमा

भोल्स्वागेनका पावरफुल दुई मोडल भट्रस र टाईगुन बजारमा
New Office

काठमाण्डौ । जर्मन ब्राण्ड भोल्स्वागेनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल प्रालिले भट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च नाईमा अटो शो मा गरेको छ ।  

यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

यी दुवै गाडीहरुको अनावरण नाईमा अटो शोमा सम्मानित अतिथिको रुपमा जर्मन दुतावासका महामहिम उदो भोल्जले गरेका थिए । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरुमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सिसिबाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल फिसेन्ट ईन्जिन रहेको छ ।  

भोल्स्वागेन भट्रस सेडान

भोल्स्वागेन भट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मिमिको ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ, जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल ईन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।

भोल्स्वागेन टाईगुन जी टि एसयूभी  

नेपालको बाटोमा सुहाउँदो, १८८ मिमिको ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभी सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरु राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल ईत्यादि रहेका छ ।  

कार्यक्रममा विशेष अतिथिको रूपमा निर्माता कम्पनीको प्रतिनिधित्व गर्दै,  भोल्स्वागेन ईन्डियाका ग्लोबल एक्स्पोर्ट हेड शेल्जी जोसेफले भने यी दुवै मोडलले ठूला र साना यात्रुहरूको सुरक्षाका लागि ग्लोबल ण्कप बाट ५–तारेको रेटिङ प्राप्त गरेका छन्। साथै, भोल्स्वागेन ग्रुप नेपालको बजारप्रति पूर्ण प्रतिबद्ध छ भन्ने कुरा स्पेयर पाट्र्सको नयाँ मूल्यमा प्रस्ट देखिन्छ — अब भारतसरह मूल्यमा उपलब्ध हुँदा यसले ग्राहकहरूको मर्मत खर्च घटाउनेछ ।’  

पूजा ईन्टरनेशनलका सीईओ बिवेक विजुक्छे भन्छन्, ‘भोल्स्वागेन पावरफुल ईन्जिनका साथ नेपाली बजारमा जर्मन ईन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले भट्रस सेडान तथा टाईगुन एस यू भी का साथ आएको छ । विगतमा जस्तै ग्राहकहरुको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छु।’ 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.