शुक्रबार, श्रावण २९,२०८३ 08:53:23
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:53:23
Bizshala
Global IME Bank Limited

मिथिला लघुवित्तको नाफा ७६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?

Prabhu Bank Limited
मिथिला लघुवित्तको नाफा ७६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय सूचकहरुमा सुधार देखिएको छ । संस्थाले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको नाफा ७६.९६ प्रतिशतले बढेको छ । यो अवधिसम्म संस्थाले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ७५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ४१.८६ प्रतिशतले बढेको छ । संस्थाले चौथो त्रैमाससम्ममा २० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले १४ करोड ७४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

CG Motors

समीक्षा अवधिसम्म संस्थाले १२ करोड ३३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कुल सञ्चालन आम्दानी २६ करोड ३९ लाख रुपैयाँ रहेको छ ।  

चौथो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ५९.९१ प्रतिशतले बढेर २० करोड ४४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब १८ करोड र कर्जा प्रवाह २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवकोसम्म ३.३९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.६९ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३७.५८ रुपैयाँ,प्रतिसयर नेटवर्थ १९१.२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६०४.३३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.५५ गुणा र तरलता अनुपात १५.५५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X