शुक्रबार, श्रावण २३,२०८२ 03:00:05
  • शुक्रबार, श्रावण २३,२०८२ 03:00:05
Global IME Bank Limited

नाडेप लघुवित्तद्वारा ५.३७ करोड खुद नाफा आर्जन, खराब कर्जा अनुपात १४.१४% पुग्यो

Hyundai Nepal
नाडेप लघुवित्तद्वारा ५.३७ करोड खुद नाफा आर्जन, खराब कर्जा अनुपात १४.१४% पुग्यो
Shivam Cement

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा घटाउदै नाफा आर्जन गर्न सफल भएको छ । खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज र सञ्चालन खर्च घटेसँगै संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको हो ।  

संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्था ७ करोड ४४ लाख रुपैयाँ घाटामा थियो ।  

संस्थाले समीक्षा अवधिसम्म ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १५.८८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ३४ करोड ६१ लाख रुपैयाँ  थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि २ करोड ७० लाखबाट बढेर  ४ करोड ७७ लाख पुगेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड २१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा यस्तो रकम ८ करोड ५९ लाख रुपैयाँ थियो । अघिल्लो आवमा ११ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको अन्य सञ्चालन खर्च घटेर ८ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको खराब कर्जा अनुपात भने ह्वात्तै बढेको छ । खराब कर्जा अनुपात ९.९८ प्रतिशतबाट बढेर १४.१४ प्रतिशत पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ९१ करोड र कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ३ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको रिजर्भको आकार ३५ करोड ९० लाख रुपैयाँ रहेको छ ।  

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ८ण् लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६६.१९ रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १३३१.५८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८२.६३ गुणा र तरलता अनुपात ३.३५ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.