काठमाण्डौ । अघिल्लो आवमा घाटा ब्यहोरेको इङ्वा हाइड्रोपावर गत आवमा नाफामा उक्लिएको छ । कम्पनीले गत आवमा ३२ लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यो कम्पनी ५१ लाख ६० हजार रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेख्य बढेसँगै नाफा बढ्न पुगेको हो । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ३३७.८६ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीको यस्तो आम्दानी ६ करोड ५१ लाख रुपैयाँ मात्रै थियो ।
६० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको कुल इक्विटी ५७ करोड २२ लाख रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २ अर्ब ५० करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने यस्तो सूचक ०.८८ रुपैयाँ ऋणात्मक रहेको थियो । साथै प्रतिसेयर नेटवर्थ ९५.३७ रुपैयाँ र पीई रेसियो १०६२.३३ गुणा रहेको छ ।