काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निसानले इलेक्ट्रिक एसयुभी‘अरिया निस्मो’कार लञ्च गरेको छ । यो कारलाई कम्पनीले गत जनवरीमा टोकियो अटो सलोनमा पहिलो पटक सार्वजनिक गरेको थियो ।
कम्पनीले निस्मो फ्ल्यागसिप ईभी मोडल अन्तर्गत जापानमा अरिया निस्मोको सुरुवाति बिक्री आगामी जुनबाट गर्ने तयारी गरेको छ ।
ग्राहकहरुले बीसिक्स ई–४०आरसीई र बी९ ई–४०आरसीई मोडल गरी अरिया निस्मोका दुईवटा मोडल छनौट गर्न सक्नेछन् ।
ब्ल्याक इन्टेरियर भएको यो रेड असेन्टले कारको क्याबिनलाई स्पोटी लुक प्रदान गर्ने जनाइएको छ । यो कारमा निस्मो –एक्सक्ल्युसिभ बोसई प्रिमियम साउण्ड सिस्टमले फर्मुला ई रेसिङ आवाज निकाल्ने छ ।
अरिया निस्मो ६ वटा रंगमा उपलब्ध हुनेछ । बीसिक्स ई–४०आरसीई मोडले मा ६६ किलोवाटको ब्याट्री प्रदान गरिनेछ । जसले अधिकतम ३६७ पीएस र ५६० एमएम टर्क जेनेरेट गर्नेछ ।
त्यस्तै बी९ ई–४०आरसीई मोडलमा ९१ किलोवाट ब्याट्री प्रदान गरिनेछ । यसले अधिकतम ४३५पीएस र ६०० एनएम टर्क जेनेरेट गर्नेछ ।