काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेड नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६ लाख घाटामा थियो ।
यो अवधिमा कम्पनीले १३ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.३१ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी २ करोड ५३ लाखबाट बढेर २ करोड ६२ लाख पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी १८ करोड ४० लाखर सञ्चालन मुनाफा भने ९० लाख ७४ हजारले ऋणात्मक रहेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा ३० करोड २० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
खराब कर्जा अनुपात ५.९७ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ करोड २ लाख छ्ट्टाएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.०४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७९१ रुपैयाँ, पीई रेसियो २१९४.५८ गुणा र तरलता अनुपात ३६.१२ प्रतिशत कायम भएको छ ।