बुधबार, माघ २३,२०८१ 01:29:22
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:29:22
IME remit
Global IME Bank Limited

२० बैंकको नाफा: नवील सधैं लिडर, प्राइम र हिमालयनको सुखद फड्को

Hyundai Nepal
२० बैंकको नाफा: नवील सधैं लिडर, प्राइम र हिमालयनको सुखद फड्को
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक मन्दीको प्रभाव बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । विशेष गरी २० वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको नाफामा आर्थिक मन्दी तथा सुस्तताको प्रभाव देखिएको छ ।  

अस्तित्वमा रहेका २० वाणिज्य बैंकमध्ये चारवटाको मात्र नाफा बढेको छ ।  

विषम परिस्थितिका बाबजुद हिमालयन बैंकले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा खूद नाफामा ५७.५३ प्रतिशतको बढोत्तरी गर्न सफल देखिएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement
Rs. '000'

यस्तै, नाफामा ३२.१३ प्रतिशतको बढोत्तरीसहित प्राइम कमर्सियल बैंक धेरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा आउन सफल देखिएको छ ।  

एभरेष्ट बैंकले पनि नाफा बढाउने सफलता पाएको छ भने गत वर्ष यही अवधिमा घाटामा रहेको कृषि विकास बैंक पनि नाफामा गएको छ ।  

बाँकी सबै बैंकको नाफा घटेको छ । सबैभन्दा बढी नेपाल बैंकको नाफा घटेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाल बैंकको नाफा करिब ५० प्रतिशतले घटेको छ ।  

त्यसपछि एनआईसी एशियाको नाफा करिब ४२ प्रतिशत तथा प्रभू बैंकको करिब ४० प्रतिशतले घटेको छ ।  

धेरै नाफा कमाउने बैंकको सूचीमा सधैं झै नवील बंैक पहिलो नम्बरमा छ । नवीलले दोश्रो त्रैमाससम्ममा ३ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । दोश्रो नम्बरमा पर्न सफल प्राइम कमर्सियल बैंकले २ अर्ब १८ करोड, तेश्रोमा ग्लोबल आईएमई बैंकले २ अर्ब ४ करोड, राष्टिय वाणिज्य बैंकले २ अर्ब १ करोड र एनआईसी एशियाले १ अर्ब ९० करोड नाफा आर्जन गरेका छन् ।  

धेरै नाफा कमाउने बैंकहरुको सूचीमा कुल १ अर्ब ८० करोडसहित नेपाल इन्भेष्टमेन्ट मेगा छैठौं, १ अर्ब ७२ करोडसहित स्ट्याण्डर्ड चार्टर्ड सातौं, १ अर्ब ७१ करोडसहित एभरेष्ट आठौं, १ अर्ब ५० करोडसहित हिमालयन बैंक नवौं र १ अर्ब ३७ करोडसहित एनएमबी बैंक १० नम्बरमा रहेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.