आईतवार, आश्विन ४,२०८३ 09:19:02
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 09:19:02
Bizshala
Global IME Bank Limited

बंगालको खाडीमा न्यून चापीय क्षेत्र, नेपालमा वर्षाको सम्भावना बढेपछि निकायहरूलाई सतर्क रहन निर्देशन

बंगालको खाडीमा न्यून चापीय क्षेत्र, नेपालमा वर्षाको सम्भावना बढेपछि निकायहरूलाई सतर्क रहन निर्देशन
New Office

काठमाडौं। बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षा हुन सक्ने सम्भावना देखिएपछि सम्बन्धित निकायलाई आवश्यक तयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आइतबार बसेको बैठकमा न्यून चापीय क्षेत्रको सम्भावित प्रभाव, नेपालमा हुन सक्ने वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे छलफल भएको हो। बैठकमा जल तथा मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले मौसम प्रणालीको अवस्था र वर्षाको सम्भावनाबारे जानकारी गराएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकले उक्त वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने निर्णय गरेको छ। प्रणालीको विकास र सम्भावित प्रभावका आधारमा आवश्यक पूर्वतयारी गर्न विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई समयमै सतर्क गराइने भएको छ।

न्यून चापीय क्षेत्र थप सक्रिय भए नेपालका विभिन्न स्थानमा वर्षा हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान नियमित रूपमा पछ्याउनुपर्नेमा बैठकले जोड दिएको छ।

यसैगरी, बैठकमा भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानको अवरुद्ध कनेक्टिभिटी पुनःस्थापना गर्ने विषयमा पनि छलफल भएको छ।

ती क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। उपलब्ध सरकारी स्रोत–साधनका साथै सहयोग गर्न इच्छुक संघसंस्थाको समेत सहकार्यमा यथाशीघ्र झोलुङ्गे पुल निर्माण गर्न आग्रह गरिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.