मंगलवार, आश्विन २७,२०८३ 09:59:53
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:59:53
Bizshala
Global IME Bank Limited

राष्ट्रसंघ महासभामा भोटेकोशीदेखि बदलिँदो राजनीतिक अवस्थासम्मका मुद्दा उठाउन रास्वपाको निर्देशन

Bizshala
राष्ट्रसंघ महासभामा भोटेकोशीदेखि बदलिँदो राजनीतिक अवस्थासम्मका मुद्दा उठाउन रास्वपाको निर्देशन
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई भोटेकोशी विपद्, बदलिँदो राजनीतिक परिस्थिति, आर्थिक समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषयलाई प्राथमिकताका साथ उठाउन निर्देशन दिएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसहित महासभामा सहभागी हुने प्रतिनिधिमण्डललाई नेपालको राष्ट्रिय चासो र अन्तर्राष्ट्रिय भूमिकासँग जोडिएका विषयमा केन्द्रित हुन नीतिगत निर्देशन दिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पार्टी प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेको सचिवालय बैठकका निर्णयमध्ये संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको सहभागितासम्बन्धी विषय दोस्रो बुँदामा समेटिएको छ।

रास्वपाले विशेषगरी पछिल्लो भोटेकोशी विपद्ले सिर्जना गरेका बहुआयामिक असर तथा त्यससँग जोडिएका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ। त्यससँगै नेपालको बदलिँदो राजनीतिक परिस्थिति, समृद्धिको एजेन्डा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालले निर्वाह गर्नुपर्ने भूमिकालाई समेत सम्बोधनको केन्द्रमा राख्न पार्टीले भनेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

रास्वपाको निर्णयमा महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको टोलीलाई यी विषय समेटेर आवश्यक तयारी गर्न नीतिगत निर्देशन दिइएको उल्लेख छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने तयारीमा छ। परराष्ट्रमन्त्री खनाल महासभाका विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा पनि सहभागी हुने कार्यक्रम छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X