काठमाण्डौ । जेनजी अभियन्ताले रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले आफूहरुलाई दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न दबाब दिएको बताएकि छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै यस्तो बताएकि हुन् ।
दुर्गा प्रसाईं र रास्वपा समूह पनि प्रदर्शनको स्टेकहोल्डर भएकाले उनीहरुसँग पनि वार्तामा सँगै बस्नुपर्ने प्रधानसेनापति सिग्देलले बताएपछि आफूहरु नेपाली सेनाको मुख्यालयबाट बाहिरिएको उनले लेखेकी छन् ।
उनले लेखेकी छन्, ‘राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसँग वार्तामा बस्नुस् , उहाँहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेनजी समुहसँग छलफलका निम्ती तयारी गरिरहेका छौं।’
आज जेनजी प्रतिनिधिहरु नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका थिए । जेनजी समूहका १५÷१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको थियो ।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार र मंगलबार सडक तताएका जेनजी समूहलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । सोही क्रममा आज जेनजी समूहका युवाहरु सैनिक मुख्यालयमा गएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।