बुधबार, बैशाख २,२०८३ 04:47:06
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:47:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी आन्दोलनमा तारो बनाइएको एनसेलको उद्घोष-'हामी फेरि उठ्नेछौं, तपाईहरुसँगै'

Bizshala
जेनजी आन्दोलनमा तारो बनाइएको एनसेलको उद्घोष-'हामी फेरि उठ्नेछौं, तपाईहरुसँगै'
Shivam Cement

काठमाण्डौ । देशकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ग्राहक र देशबासीको नाममा एक सन्देश जारी गर्दै आफूहरु फेरि उठ्ने घोषणा गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गत हप्ता एनसेलको कर्पोरेट कार्यालय रहेको लैनचौरस्थित भवनमा समेत तोडफोड र आगजनी भएको थियो । सो घटनापछि निकै ठूलो क्षति व्यहोरेको एनसेलले तमाम अप्ठ्याराका बीच पनि पुनः उठ्ने घोषणा गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तोडफोडका घटनाले हाम्रो काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पु¥याएको कुरा गहिरो दुःखका साथ पुष्टि गर्दछौं । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए । एनसेलले भनेको छ ः यी चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो । संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं।  

आफूहरुले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पु¥याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएको र यसले  ग्राहककप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गरेको एनसेलको धारणा छ । 

CG Motors
Garima Development Bank
IME remit

'अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौं। देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं ।' एनसेलले आफ्नो सन्देशमा अगाडि बढेको छः '२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु¥याउँदै आएको छ । आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं ।'

एनसेलको सन्देश यस्तो छः

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.