काठमाण्डौ । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरेको छ । कोषले एक सूचना जारी गर्दै साउन महिनाको यस्तो रकम जम्मा गर्ने अवधि असोज ५ गतेसम्म लम्ब्याइएको जनाएको हो ।
जेनजीहरुको प्रदर्शनबाट देशमा असहज परिस्थिति सिर्जना भएका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान रकम असोज ५ गतेसम्म लम्ब्याइएको कोषले जनाएको छ ।
सोहीअनुसार अब सामाजिक सुरक्षा कोषमा आवद्ध रहेका रोजगारदाता र योगदानकर्ताले साउन महिनाको योगदान वापतको रकम असोज ५ गतेसम्म जम्मा गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।