काठमाण्डौ । भगवति हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले घोषणा गरेको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२५.३५ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४०.९० रुपैयाँ कायम थियो ।
भोलिको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको. सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।