आईतवार, आश्विन १८,२०८३ 10:10:34
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 10:10:34
Bizshala
Global IME Bank Limited

युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)

Bizshala
युएईको नयाँ भिजिट भिसा नीति: नाताअनुसार तलबको न्यूनतम दर तय, कसलाई लैजान कति तलब हुनुपर्छ ?(सूचिसहित)
New Office

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यदि कसैले आफ्ना बुबा–आमा, श्रीमान–श्रीमती वा छोराछोरीलाई भिजिट भिसामा बोलाउन चाहन्छ भने उनको मासिक तलब न्यूनतम ४ हजार दिराम हुनुपर्नेछ।

त्यस्तै हजुरबा–हजुरआमा, दाजुभाइ, दिदीबहिनी, नाति–नातिनी, काका–काकी, मामा वा फुपू जस्ता आफन्तलाई लैजान चाहने स्पोन्सरको मासिक तलब ८ हजार दिराम हुनुपर्नेछ।

नातेदार बाहेक साथी वा परिचितलाई घुम्नका लागि भिजिट भिसामा बोलाउन चाहिने तलब दर अझै उच्च तोकिएको छ — कम्तीमा १५ हजार दिराम मासिक आम्दानी आवश्यक हुनेछ।

भिजिट भिसा आवेदन दिने व्यक्तिले सम्बन्ध प्रमाणित कागजातका साथै छ महिनाभन्दा बढी म्याद भएको पासपोर्ट र फिर्ती टिकट पनि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

युएईका सञ्चार माध्यमहरूका अनुसार, यो नयाँ नीति भिजिट भिसा प्रणालीमा पारदर्शिता र व्यवस्थापन सुधार ल्याउनका लागि लागू गरिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.