बुधबार, आश्विन २९,२०८२ 04:38:55
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 04:38:55
IME remit
Global IME Bank Limited

‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आयोजना हुँदै, १५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने

Hyundai Nepal
‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आयोजना हुँदै, १५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
Shivam Cement

काठमाण्डौ । स्टार्टअप तथा इन्नोभेसनको प्रवर्द्धनका लागि कार्तिक २७ र २८ गते काठमाण्डौमा सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुने भएको छ। सातै प्रदेशका सयभन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरूको प्रदर्शनी रहने फेस्टमा रोबोटिक्स, ड्रोन र एआई प्रविधिहरूको पनि शोकेस गरिनेछ। अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा आयोजना हुने यो फेस्ट, आइसीटी अवार्ड २०२५ को प्रि–इभेन्टको रूपमा हुनेछ।

लिभिङ विथ आइसीटी र स्वाइड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनहरूले आइसीटी अवार्ड २०२५ का सेमिफाइनलिस्टका रूपमा सहभागिता जनाउनेछन्। अवलोकनकर्ताहरूले ती प्रोडक्ट तथा इन्नोभेसनका आधारमा भोट पनि गर्न सक्नेछन्। साथै, सातै प्रदेशबाट ३० भन्दा बढी स्टार्टअपहरूको सहभागिता रहनेछ।

फेस्टमा विभिन्न कम्पनी तथा विद्यार्थीहरूले विकास गरेका रोबोटिक्स, एआई प्रोडक्ट, रकेट तथा एयरोस्पेस सम्बन्धी परियोजनाहरूको पनि प्रदर्शनी हुनेछ।

Shivam Cement
Bizshala
CG Motors

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमा इन्नोभेटिभ रूपमा काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवर्द्धन गर्न तथा उद्यमशीलताको विकासका लागि आयोजना गरिएको हो, भनी आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। यस कार्यक्रममार्फत सरकार, सरोकारवाला, लगानीकर्ता र स्टार्टअप इकोसिस्टममा काम गरिरहेकाहरूसँग सहकार्यका लागि आयोजकले आह्वान गरेको छ।

आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि फेस्टमा प्रोडक्ट डेमो र नेटवर्किङ सेसनको पनि व्यवस्था गरिने आयोजक लिभिङ विथ आइसीटीले जानकारी दिएको छ। यस कार्यक्रममा प्रदर्शनीमा सहभागीता निःशुल्क गरिएको छ। विभिन्न विद्यालय र कलेजबाट अवलोकनका लागि आउने विद्यार्थीहरूका लागि थप सहजीकरण गरिने आयोजकले जानकारी दिएको छ ।

आइसीटी अवार्ड बाहेक अन्य स्टार्टअप तथा टेक प्रोडक्टहरूले पनि प्रदर्शनीमा सहभागिता जनाई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सक्नेछन्। यसको लागि वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सकिनेछ।

दुई दिने प्रदर्शनीसँगै, काठमाण्डौ बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरूका लागि मेन्टरिङ तथा इन्क्युबेशन सेसनहरू सञ्चालन गरिनेछन्। स्टार्टअपहरूका लागि आर्किटेक्चर एज ए सर्भिस सम्बन्धी निःशुल्क प्रशिक्षण सेसन पनि सञ्चालन हुनेछ। मेन्टरिङ तथा प्रशिक्षण सेसनहरू सनवे कलेज र एमआइटी कलेजमा सञ्चालन गरिनेछ भने अन्य सेसनहरू विभिन्न स्थानमा तय गरिने आयोजकले जनाएको छ।

यस कार्यक्रममा सहभागिता जनाउने सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई आइसीटी अवार्ड २०२५ को ग्राण्ड फिनालेमा प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मान गरिनेछ।

Muktinath Bikas Bank Limited

आइसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया सञ्चालनमा छ। अवार्डमा ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएका छन्। १४ जना नेपाली र ३ जना विदेशी विज्ञहरू अवार्ड छनोट प्रक्रियामा सहभागी भएका छन्।

स्टार्टअप एण्ड आइडिया फेस्टसँगै अवार्डका लागि दर्जनौं प्रि–इभेन्टहरू सञ्चालन हुनेछन्।

अवार्डका सेमिफाइनलिस्टका रूपमा सहभागी स्टार्टअप र इन्नोभेसनहरूको प्रोडक्ट तथा बिजनेस आइडिया टेलिभिजनमा विशेष कार्यक्रमको रूपमा प्रसारण गरिनेछ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.