काठमाण्डौ । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजार सुधारका लागि दिएको निर्देशनहरु तत्कालै लागू गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जीसी, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष खुशलराम धिताल र नेपाल सेयरबजार लगानीकर्ता संघका अध्यक्ष केशव प्रसाद श्रेष्ठले संयुक्त रुपमा १२ बुँदे निर्देशनहरु तत्कालै लागू गर्न माग राखेका हुन् ।
लगानीकर्ताहरुले अर्थमन्त्रालयको आदेशबमोजिमका बुँदाहरु कार्यान्वयन गर्नुका साथै उल्लेखित कार्यदललाई दिएका सुझाव मध्ये कार्यदलले छुटाएका अतिरिक्त बुँदाहरु तत्काल लागू गर्न अनुरोध गरेका छन् ।
पूँजीबजार सुधारका लागि ठाँटिएर धितोपत्र बोर्ड पुगेका लगानीकर्ताहरुलाई लामो समय गेट्मा नै रोकिएको नेपाल सेयरधनी संघमा महासचिव सुरज खड्काले जानकारी दिए ।
लामो समय प्रतिक्षा गरेर बोर्ड अध्यक्षलाई बुझाइनदिन भन्दै बोर्डमा आफ्नो ज्ञापनपत्र बुझाएर फर्किएको महासचिव खड्काले जानकारी दिए ।
आज धितोपत्र बोर्ड पुगेका लगानीकर्ताहरु अब नेपाल राष्टबैंक र अर्थमन्त्रालय पनि जाने तयारीमा छन् ।
आफ्ना माग तिहारअघि कार्यान्वयनमा ल्याइएन भने लगानीकर्ता संघहरूको तर्फबाट धितोपत्र बोर्डका अध्यक्षको राजीनामा माग गर्ने र बोर्डको खारेजीको मागसहित कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने लगानीकर्ताहरुले बताए ।
सेयरबजार सुधारसम्बन्धी लगानीकर्ताहरुले राखेका मागहरु यस्ता छन्:
१.सिडिएससीले बनाएको निर्देशिका स्वीकृत गरी दोहोरो आईजीन तत्काल लागू गर्नुपर्ने,
२. संकटकालको अवस्थामा बंगलादेशले प्रयोगमा ल्याएको बजार घट्दा ५ प्रतिशत र बढ्दा १० प्रतिशत सर्किट ब्रेकको प्राबधान तत्काल लागू गर्नुपर्ने,
३. हाललाइ शेयर कर्जाको मार्जिन अनुपात पछि बजार लयमा फर्के पछि ७०/३० हुने गरि ८०/२० तत्काल कायम गर्नुपर्ने,
४. बित्तीय संस्थाहरूमा लगाईएको कर्जामा दिईने कोर क्यापिटलको ४० प्रतिशत मात्रै शेयर कर्जाको व्यवस्था हालका लागि समय सान्दर्भिक नभएकोले उक्त व्यस्थालाई खारेज गर्ने,
५.बजारमा लगानीकर्ताहरूको बिश्वासमा गिरावट र अनावश्यक रूपमा बजारलाई नै अस्वस्थ बनाउने गरी आएका राईट र आइपीओहरु तुरुन्त रोकी उचित औचित्यता पुष्टाईका आधारमा व्यवसायिक योजना र लगानीकर्तालाई दिईने प्रति (रिक्स/रिवार्ड) को विश्लेषण र मूल्याङ्कनका आधरमा मात्रै राईट र आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डले स्वीकृत दिईने व्यवस्था मिलाईयोस ।
५.अफवाह र भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि कठोर कारबाही गरियोस । बजारमा विभिन्न माध्यमबाट नकारात्मक अफबाह फैलाउने, लगानीकर्तालाई किन्न वा बेच्न उक्साउने, वा भ्रामक सल्लाह दिने इन्फ्लुएन्सरहरूविरुद्ध तुरुन्त अनुसन्धान गरी आवश्यक कानूनी कारवाही सुनिश्चित गरियोस ।
७. साधारणसभा तोकिएको समयमा सम्पन्न नगर्ने कम्पनीहरुलाइ कानूनबमोजिम कडा कारबाही गरियोस्,
८. हाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरु आन्दोलनरत भएको अवस्थाको अनुचित लाभ उठाई केही ब्रोकरहरुबाट लिमिटमा हेरफेर गर्ने तथा समय समयमा लगानीकर्ताहरुको हित बिपरीतका चलखेल गर्ने गरेकोले सुक्ष्म निगरानी गरी दोषीलाई अबिलम्ब कडा कारबाही गर्ने व्यवस्था गरियोस,
९.लगानीकर्ता संघहरुको तर्फबाट धितोपत्र बोर्डमा दिइएका सल्लाह, सुझाव र मागहरुलाई बेवास्ता गरी पेंडिंग तथा रद्दीको टोकरीमा फाल्ने कार्य तुरुन्द बन्द गरी कार्यान्वयन गरियोस्,
१०. कार्यदलले सिफारिस गरेका सबै बुँदाहरूको पूर्ण कार्यान्वयन गर्नु पर्ने,
११. माथि उल्लेखित बुंदाहरुमध्ये राष्ट्र बैंकसंग सम्बन्धित बुंदाहरु धितोपत्र बोर्डले राष्ट्र बैंक संग समन्वय गरी तत्काल लागू गर्नुपर्ने,
१२.अन्य लगानीकर्ता संघहरुले उठाएका मागहरु पनि तत्काल पूरा गर्नुपर्ने,


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।