आईतवार, असार १४,२०८३ 04:40:10
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:40:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एयरबस हेलिकप्टरद्वारा नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी सम्पन्न

Laxmi Sunrise Bank Limited
एयरबस हेलिकप्टरद्वारा नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी सम्पन्न

काठमाण्डौ । एयरबस हेलिकप्टरले नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी आयोजना गरेको छ । नेपालभरका सयभन्दा बढी विमान व्यवसायी काठमाण्डौमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भएका थिए । 

यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को सहयोगमा एयरबस हेलिकप्टरद्वारा आयोजित यो एकदिने संगोष्ठीले नियामक निकाय, सञ्चालनकर्ता र सुरक्षाविज्ञहरूलाई दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीहरूमा विचार–विमर्श गर्ने अवसर प्रदान गर्‍यो।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमको उद्घाटन नेपाल स्थित फ्रान्सकी राजदूत भर्जिनीको र्तेवाल (Virginie Corteval) र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा एयरबस हेलिकप्टरकी हेड अफ एभिएशन सेफ्टी एण्ड क्वालिटी फ्लोरेन्सभेरलुट, हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन, र दक्षिण एशियाका प्रमुख सनी गुग्लानीले समेत सम्बोधन गरेका थिए । 

“एयरबसमा, सुरक्षा हरेक निर्णयको केन्द्रमा रहन्छ — डिजाइन र उत्पादनदेखि लिएर मर्मत, पाइलट तालिम र डेटा विश्लेषणसम्म,” फ्लोरेन्सभेर लुटले बताइन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“सुरक्षा कुनैस्थिर लक्ष्य होइन; यो एउटा सोच हो, जुन ज्ञान आदानप्रदान र निरन्तर सुधारमार्फत विकसित हुन्छ।यस प्रकारका संगोष्ठीहरूले हाम्रो साझा उद्देश्य — हरेक हेलिकप्टर उडानलाई सुरक्षित बनाउने लक्ष्य — लाई सुदृढ गर्न मद्दत गर्छन्,” उनले थपिन्।

दिनभरको कार्यक्रममा सहभागीहरूले एयरबसको विश्वव्यापी सुरक्षा दृष्टिकोण, दुर्घटना तथ्यांक, सुरक्षा व्यवस्थापन प्रणाली (Safety Management Systems)  र हेलिकप्टर फ्लाइट डेटा मोनिटरिङ्ग बारे सत्रहरूमा भाग लिए। विज्ञहरूले हवाई कार्य सञ्चालन, मर्मत अभ्यास, र उच्च तनावपूर्ण परिस्थितिमा निर्णय लिने प्रक्रियाबारे पनि छलफल गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.