काठमाण्डौ । एयरबस हेलिकप्टरले नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी आयोजना गरेको छ । नेपालभरका सयभन्दा बढी विमान व्यवसायी काठमाण्डौमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भएका थिए ।
यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को सहयोगमा एयरबस हेलिकप्टरद्वारा आयोजित यो एकदिने संगोष्ठीले नियामक निकाय, सञ्चालनकर्ता र सुरक्षाविज्ञहरूलाई दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीहरूमा विचार–विमर्श गर्ने अवसर प्रदान गर्यो।
कार्यक्रमको उद्घाटन नेपाल स्थित फ्रान्सकी राजदूत भर्जिनीको र्तेवाल (Virginie Corteval) र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा एयरबस हेलिकप्टरकी हेड अफ एभिएशन सेफ्टी एण्ड क्वालिटी फ्लोरेन्सभेरलुट, हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन, र दक्षिण एशियाका प्रमुख सनी गुग्लानीले समेत सम्बोधन गरेका थिए ।
“एयरबसमा, सुरक्षा हरेक निर्णयको केन्द्रमा रहन्छ — डिजाइन र उत्पादनदेखि लिएर मर्मत, पाइलट तालिम र डेटा विश्लेषणसम्म,” फ्लोरेन्सभेर लुटले बताइन्।
“सुरक्षा कुनैस्थिर लक्ष्य होइन; यो एउटा सोच हो, जुन ज्ञान आदानप्रदान र निरन्तर सुधारमार्फत विकसित हुन्छ।यस प्रकारका संगोष्ठीहरूले हाम्रो साझा उद्देश्य — हरेक हेलिकप्टर उडानलाई सुरक्षित बनाउने लक्ष्य — लाई सुदृढ गर्न मद्दत गर्छन्,” उनले थपिन्।
दिनभरको कार्यक्रममा सहभागीहरूले एयरबसको विश्वव्यापी सुरक्षा दृष्टिकोण, दुर्घटना तथ्यांक, सुरक्षा व्यवस्थापन प्रणाली (Safety Management Systems) र हेलिकप्टर फ्लाइट डेटा मोनिटरिङ्ग बारे सत्रहरूमा भाग लिए। विज्ञहरूले हवाई कार्य सञ्चालन, मर्मत अभ्यास, र उच्च तनावपूर्ण परिस्थितिमा निर्णय लिने प्रक्रियाबारे पनि छलफल गरे।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                