शुक्रबार, आश्विन २,२०८३ 05:02:06
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 05:02:06
Bizshala
Global IME Bank Limited

बैंकको नाफाघाटा हिसाबः धेरै नाफा कमाउनेको सूचीमा ग्लोबल पहिलो नम्बरमा, कुमारी पनि टप फाइभमा

बैंकको नाफाघाटा हिसाबः धेरै नाफा कमाउनेको सूचीमा ग्लोबल पहिलो नम्बरमा, कुमारी पनि टप फाइभमा
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  

प्रकाशित वित्तीय विवरण हेर्दा धेरै बैंकको खूद नाफा घटेको छ । केही स्थिर अवस्थामा छन् भने विषम परिस्थितिमा पनि कतिपयले नाफा बढाएका छन् ।

Shivam Cement
Bizshala
CG Motors

 पहिलो त्रैमास(साउन, भदौ र असोज)मा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । यो बैंकको खूद नाफा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । चुक्तापूँजीको हिसाबले समेत ठूलो रहेको बैंकको नाफा पनि सोही अनुसार बढ्दै गएको यो आँकडाले देखाउँछ ।  

यस्तै, नवील बैंक १ अर्ब ७५ करोड नाफा कमाउँदै यो सूचीको दोश्रो स्थानमा छ भने तेश्रो स्थानमा १ अर्ब २५ करोड नाफासहित प्राइम बैंक रहेको छ ।  

एभरेष्ट बैंक १ अर्ब १७ करोड नाफासहित चौथो स्थानमा छ भने कुमारी बैंक १ अर्ब ५ करोड नाफासहित पाँचौ स्थानमा आइपुगेको छ ।  

कुल बीस वाणिज्य बैंकमध्ये पहिलो त्रैमासमा सिटिजन्स बैंक घाटामा गएको देखिएको छ भने कृषि विकास बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंकको नाफा निकै न्यून छ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ग्रोथको हिसाबले राष्टिय वाणिज्य बैंकले २९५.७२ प्रतिशतले नाफा बढाएको छ । 

Muktinath Bikas Bank Limited

ग्लोबल आईएमई बैंकले समेत करिब २३ प्रतिशतले नाफा बढाएको छ । सानिमा बैंकले करिब ३४ प्रतिशतले नाफा बढाएको छ भने एनआईसी एशिया बैंकको नाफा कम भए पनि ग्रोथ भने १०.५३ प्रतिशतको देखिएको छ । एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा ४.४७ प्रतिशतको बढोत्तरी देखिएको छ ।  

अघिल्लो वर्षको समान अवधिको तुलनामा सिटिजन्स बैंक घाटामा पुगेको छ भने कषि विकास बैंकको नाफा पनि ९७ प्रतिशतले ओरालो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि झण्डै ९७ प्रतिशत हाराहारीले नै घटेको छ । प्रभू बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक लगायतको नाफा पनि घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.