Bizshala
  • बुधबार, पुष १६,२०८२ 12:38:46
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो । । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९० प्रतिशतले बढ्दै ११ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ७८ लाख १६ हजार रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५३ लाख पुगेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ९२ लाख र सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

CG Motors
Bizshala
Garima Development Bank

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४८.७९ प्रतिशतले बढ्दै १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १७.२५ प्रतिशत रहेको लाभांश क्षमता बढेर ३७.४१ प्रतिशत पुगेको छ । चुक्तापूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ २९ करोड ८९ लाखबाट बढेर ३१ करोड ८८ लाख र रिटेन्ड अर्निङको आकार पनि १२ करोड ४१ लाखबाट बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।  

पहिलो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ५६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

संस्थाको खराब कर्जा अनुपात ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ७४ लाख ८६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ९९ लाख रुपैयाँ छुट्टाएको थियो ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६२४.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.१७ गुणा र तरलता अनुपात १३.३३ प्रतिशत कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.