सोमबार, कार्तिक २४,२०८२ 03:48:13
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 03:48:13
IME remit
Global IME Bank Limited

आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का

Hyundai Nepal
आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का
Shivam Cement

काठमाण्डौ । वार्षिक रुपमा निकै राम्रो लाभांश दिइरहेको र प्रिमियममा आईपीओ निश्कासनको तयारीमा रहेको सोपान मल्टिपल कम्पनी लिमीटेडभित्र कानूनतः सोझा प्रमोटरले पाउनुपर्ने सेयर हत्याउन अनेक तिकडम हुने गरेको खुलासा भएको छ ।  

पूर्वमन्त्री समेत रहेका वीरेन्द्र महतो अध्यक्ष रहेको यो कम्पनीमा ठूला सेयरधनीहरुसँग कम्पनीको उच्च व्यवस्थापन मिलेर सेटिङ गर्दा साना सेयरधनीले पाउनुपर्ने सेयर समेत अर्कैको पोल्टामा नियोजित ढंगले पारेको देखिएको हो । एक साना प्रमोटरले रीतपूर्वक निवेदन दिई पाउने निश्चित हजारौं कित्ता सेयर ठूला प्रमोटर र उच्च व्यवस्थापनमा रहेका अधिकारीहरुको खेलले अर्कैको पोल्टामा परेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आईपीओ जारी नहुँदै ठूला सेयरधनीको हितमा अनेकन खेल हुने यस्तो कम्पनीले भविष्यमा आईपीओ  जारी गरेपछि सर्वसाधारण लगानीकर्ताको हितमाथि कतिसम्मको धोकाधडी गर्ला भन्ने प्रश्न समेत यो प्रकरणसँगै उब्जिएको छ । सीमित स्वार्थी प्रमोटर र कर्मचारीका कारण यो कम्पनीको रेपुटेसन(ब्राण्ड इमेज) आईपीओ आउनुअघि नै ध्वस्त हुने खतरा समेत देखिएको छ ।  

भएको के हो ?

यो कम्पनीका केही संस्थापक सेयरधनीहरुले बिक्री गर्न खोजेको ३ लाख ३ हजार ४२६ कित्ता सेयर खरीद प्रक्रियामा समयमै रीतपूर्वक आवेदन दिएका एक सेयरधनीलाई बदनियतपूर्ण ढंगले मागेको सेयर नदिई बद्मासी गरेको पाइएको हो ।

सोपान मल्टिपल कम्पनी विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको इन्भेष्टमेन्ट कम्पनी हो ।  

कम्पनीले २०८१ चैत १३ गते तुलनात्मक रुपमा कम पढिने एक आर्थिक पत्रिकामा संस्थापक सेयर बिक्रीको सूचना अत्यन्त सानो साइज(धेरैको नजर नपरोस् भन्ने नियतका साथ)मा प्रकाशन गरेको थियो ।  

सो दिन सोपान मल्टिपल कम्पनीको केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम प्रतिसेयर चुक्तामूल्य रु. १०० रहेको संस्थापक सेयर बिक्री गर्न सो कम्पनीको सञ्चालक समितिमा आवेदन पेश गरेका उल्लेख गर्दै संस्थापक सेयर खरीद तथा बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै इच्छुक सेयरधनीलाई सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन भनिएको थियो ।  

सो सूचना प्रकाशन भएको सूइँको पाएपछि सो कम्पनीको सेयरधनी नम्बर १०५ का सेयरधनी पार्वती कट्वालले समयमै बिक्रीमा ल्याइएकोमध्ये ४५ हजार कित्ता सेयर खरीद गर्ने इच्छा व्यक्त गर्दै चैत २७ गते आवेदन पेश गरेकी थिइन् ।  

त्यसपछि कट्वाल नियमित रुपमा आफूले संस्थापक सेयर खरीदका लागि आवेदन दिएको कम्पनीमा अरु कतैबाट आवेदन परे नपरेको विषयमा बुझ्न नियमित रुपमा कार्यालय पुगेकी थिइन् । पटक पटक आफू वा आधिकारिक प्रतिनिधिलाई कार्यालयमा पठाउँदा सोपानका कर्मचारी रमेश मल्लले कम्पनीमा ७० हजार कित्ताका लागि मात्र अरुबाट आवेदन आएको बताएका कट्वालका पति सुनिल बस्नेतले जानकारी दिए । उनले १५ दिनको समयसीमाभित्र ७० हजार कित्ताका लागि मात्र थप आवेदन आएको र आफूहरुले गरेको आवेदनअनुसार ४५ हजार कित्ता पाउने सुनिश्चित भएको बताएका थिए । मल्लले पीडित सेयरधनीलाई सो बेला अरुतिरबाट ७० हजार कित्ताका लागि मात्र आवेदन परेको भन्दै बताएको अडियो रेकर्ड समेत बिजशालाको सम्पर्कमा आएका पीडितहरुले उपलब्ध गराएका छन् ।  

सो क्रममा समयमै आवेदन दिएको र सबै कित्ता बिक्री नभएको अवस्थामा समेत आफूहरुले मागेको कित्ता सेयर किन नपाएको भन्ने प्रश्न गर्दा मल्लले कम्पनी सचिव(भूमिका हिसाबले सो कम्पनीको व्यवस्थापन प्रमुख) सुमनप्रसाद रिजालसँग बुझ्न भनेका पीडितको भनाई छ ।  

त्यसपछि पीडितले पटक-पटक सुमनप्रसाद रिजाललाई तागेता गर्दा यो वा त्यो बाहाना गरेर आफूहरुले खरीद गर्न चाहेको ४५ हजार कित्ता सेयर नदिएको गुनासो छ । हालसम्म उनीहरुले ४५ हजार कित्ता त के, एकै कित्ता सेयर पनि कम्पनीबाट पाएका छैनन् ।  

आफूहरुले सबै रीत पुर्याई दिएको आवेदनको कार्यान्वयन हुनुपर्ने र समयमै परेको आवेदनबापतको ४५ हजार कित्ता सेयर पाउनुपर्ने माग राख्दै पटक–पटक सोपान मल्टिपल कम्पनीका विभिन्न अधिकारीहरुलाई भेट गरी गुनासो गर्दा समेत समस्याको सम्बोधन नभएको दाबी गरेका छन् । बस्नेतले सोपान मल्टिपल लिमीटेड वार्षिक रुपमा राम्रो रिटर्न दिने कम्पनी भएका कारण औपचारिकताका लागि सूचना निकालेर बिक्रीमा आएको सेयर आफूहरुलाई नदिई त्यहाँका ठूला सेयरधनीले हाइज्याक गरेका दाबी समेत गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

पीडित सेयरधनीले आफूहरुमाथि भएको अन्यायको विषय केही साताअघि सम्पन्न सोपान मल्टिपटल कम्पनीको वार्षिक साधारणसभाको हलमै समेत प्रस्तुत गरेका थिए । तर, कम्पनीको सर्वोच्च निकाय एजीएममा समेत उच्चपदस्थहरुले आफूलाई बोल्न नदिएको र यस्तो विषय यहाँ नगर्न भन्दै सुनुवाई नगरेको बस्नेतको गुनासो छ।  

तोकिएको समयभित्र २ जनाको मात्र परेको थियो आवेदन

सोपानको सञ्चालक समितिको माइन्यूट ।

यसैबीच, सोपान मल्टिपल लिमीटेडको २०८२ असार ४ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले गरेको निर्णयमा समेत सूचनामा तोकिएको मितिभित्र दुईजना संस्थापकको मात्र आवेदन परेको स्वीकार गरिएको छ ।  

पत्रिकामा छापिएको सूचना बमोजिम  प्रतिकित्ता २०१ रुपैयाँका दरले ४५००० कित्ता माग गर्दै पार्वती कटुवाल र श्रीराम ढकालले रु. १८१ को दरले ७०००० कित्ता सेयरका लागि निवेदन पेश गरेका कम्पनीको माइन्यूटमै लेखिएको छ । सूचनामा १५ दिनको समयसीमाभित्र संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा विद्यमान संस्थापकबाहेक अन्य संस्था र व्यक्तिलाई समेत सेयर खरीद गर्न खुल्ला गरिने उल्लेख छ ।  

यसरी हेर्दा समयसीमाभित्र कुल बिक्रीमा ल्याइएको संस्थापक सेयरमध्ये कटुवाल र ढकालले गरी १ लाख १५ हजारका लागि खरीद आवेदन परेको देखिन्छ । अरु संस्थापकले सो अवधिमा आवेदन नै नदिएकाले सूचनाअनुसार कट्वाल र ढकालले सेयर पाई बाँकी रहेको सेयर कित्ता मात्र पुनः बिक्रीका लागि सूचना जारी गर्नुपर्ने देखिन्छ । तर, त्यसपछि त्यस्तो कुनै थप सूचना प्रकाशित गरी कम्पनीले गुपचुप कटुवाल र ढकालले भन्दा बढी मूल्य हाल्ने अरु आए, बिक्री गर्नेले पनि अरुलाई नै बेच्न चाहे भनेर गैरकानूनी ढंगले भित्रभित्रै सेयर आफू नजिकका मानिसको नाममा बिक्री गराउने खेल खेलेको देखिन्छ ।  

के भन्छ कम्पनी ?

कम्पनीका सचिव रिजालसँग हामीले यो विषयमा कुराकानी गरेका थियौं । उनले पनि सूचनाअनुसार तोकिएको समयभित्र कट्वाल र ढकालको मात्र आवेदन परे पनि सेयर बिक्री गर्न चाहेका संस्थापकहरुले अरुलाई नै बिक्री गर्न चाहेकोले सोहीअनुसार काम भएको दाबी गरे । तर, सूचनामा एउटा विषय उल्लेख गरेर तोकिएको समयअवधिभित्र आएको आवेदन बेवास्ता गरी अरुलाई सेयर बिक्री गर्न कानूनले अधिकार नदिएको विषयमा भने कुनै प्रतिक्रिया दिन मानेनन् । 'म त कर्मचारी मात्र हो हजूर, सेयरधनीले भनेको काम गर्ने मान्छे हो । यसमा मेरो कुनै स्वार्थ छैन र गडबडी भएको पनि छैन ।'-रिजालले भने ।

पार्वती कट्वालमाथि भएको अन्यायको विषयमा कुरा गर्दा चाहिँ उनले बरु ती सेयरधनीसँग कुरा मिलाइदिन आग्रह गर्दै आजै ५००० कित्ता सेयर दिने र त्यसको केही दिनपछि थप ५ हजार कित्ता सेयर दिलाइदिने वचन दिए ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.