शनिबार, श्रावण २,२०८३ 09:14:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:14:14
Bizshala
Global IME Bank Limited

इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, इच्छुक जो कोहीले कपडा दिन सक्ने

इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, इच्छुक जो कोहीले कपडा दिन सक्ने
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गरिरहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियानअन्तर्गत न्यानो कपडा संकलन भइरहेको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बताए ।

अभियानअन्तर्गत यस डेभलपमेन्ट बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइनुका साथै बैंकका कर्मचारी, ग्राहक र इच्छुक जो कोही सर्वसाधारणबाट न्यानो कपडा संकलन गरिने बज्राचार्यले जानकारी दिए ।  

यसका लागि सांग्रिला डेभलपमेन्ट बैंकका काठमाण्डौ क्लस्टर अन्तर्गत बालुवाटार, कुमारीपाटी, न्यूरोड शाखा तथा चितवन सब क्लस्टर अन्तर्गत नारायणगढ, हेटौँडा, रजैया, अमरापुरी, टाँडी बट्टार, हाकिमचोक, वीजयनगर र कावासोती शाखामा कपडा संकलन भइरहेको छ । यस्तै, नेपालगञ्ज क्लस्टर अन्तर्गतका नेपालगञ्ज, कोहलपुर त्रिभुवनचोक, राँझा, गुलरिया, खजुरा, सानोश्री, भुरीगाउँ, जयनगर, राजापुर र सिमकोट शाखा तथा सुर्खेत सब क्लस्टर अन्तर्गत सुर्खेत र यारी चोक शाखा कार्यालयमा न्यानो कपडा संकलन भइरहेको छ ।  

यसैगरी, दाङ सब क्लस्टर अन्तर्गत लमही, घोराही, तुलसीपुर,नारायणपुर, गढवा, सुलिचौर, भालुवाङ्, बुटवल सब क्लस्टर अन्तर्गत बुटवल, वीरगञ्ज सब क्लस्टर अन्तर्गत वीरगञ्ज र बयलबास शाखामा पनि न्यानो कपडा संकलन भइरहेको छ ।

यसैगरी, धनगढी क्लस्टर अन्तर्गत, अत्तरिया, धनगढी र महेन्द्रनगर, पोखरा क्लस्टर अन्तर्गत, लेकसाइड, तालचोक, रामबजार, रानीपौवा, भरतपोखरी, हेम्जा, छेपेटार, पालुङ्टार, दमौली, विरौटा, भद्रकाली, जीरो किलो, नयाँवसपार्क, कुश्मा, दुलेगौँडा, बागलुङ,  गोरखा र डुम्रे तथा इटहरी क्लस्टर अन्तर्गत इटहरी, बिराटनगर, धरान र दमकशाखामा कपडा संकलनको कामभइरहेको छ । यसरी संकलन भएका कपडा सामाजिक संस्थालिड फर नेपालमार्फत इलामका बाढीपहिरो प्रभावितलाई उपलब्ध गराइनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.