काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा मंसिर २४ गते काठमाण्डौको पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांशको घोषणा नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

