काठमाण्डौ । विश्वप्रसिद्ध अटो निर्माता कम्पनी निस्सानले ३ वर्षको अन्तरालमा १० लाख युनिट अतिरिक्त सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२६ को वित्त वर्षको अन्त्यससम्ममा १० लाख युनिट थप सवारी साधन बिक्री गर्ने र सन् २०३० सम्म विद्युतीय सवारी(ईभी)को उत्पादन खर्च ३० प्रतिशतले घटाउने लक्ष्य राखेको हो ।
यस्तै कम्पनीले नयाँ जारी गरेको मध्यम अवधिको व्यवसायिक योजनामा सन् २०२६ को वित्त वर्षसम्म ३० वटा नँया मोडलहरु लञ्च गर्ने जनाएको छ । यसमा १६ मोडलहरु ईभी सेग्मेन्टका हुनेछन् । कम्पनीले ईभी र कम्बस्टन इन्जिनको खर्च पनि आधिले कटौती गर्ने लक्ष्य राखेको छ ।
‘यो योजनाले हामीलाई अझै अघि जान र ड्राईभिङ भ्यालु र प्रतिष्पर्धा कायम राख्न सहयोग गर्ने छ ।’निस्सानका अध्यक्ष तथा सीईओ माकोटो उचिडाले विज्ञप्तीमा भनेका छन् ।
यसका साथै कम्पनीले सन् २०२६ को वित्त वर्षको अन्त्यसम्म सञ्चालन मुनाफा ६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य समेत राखेको छ ।