बुधबार, असार १०,२०८३ 03:08:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

Laxmi Sunrise Bank Limited
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

काठमाण्डौ । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् ।

ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित रु २९९ पर्ने यो एनपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ ।

एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन् ।  ग्राहकले एनसेल एप वा एष्ट्रिक्स१२३ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न पाउछन् ।

New Office
CG Motors
Garima Development Bank

‘बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरु हाम्रा ग्राहकहरुले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी निकै खुसी छौ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने,  ‘डिशहोमसँगको हाम्रो यो साझेदारीले ग्राहकहरुलाई निर्बाध रूपमा एनपीएलका खेलहरु लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ । यसले सबैलाई जोड्ने क्रिकेट खेलको रोमाञ्चकतालाई झन बढाउने छ ।’

एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रुपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आवद्ध रहेको छ । एनपीएलका खेलहरुलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरु पनि सर्वाजनिक गरिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष पनि व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.