शनिबार, असार २१,२०८२ 05:23:00
  • शनिबार, असार २१,२०८२ 05:23:00
Global IME Bank Limited

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

Hyundai Nepal
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन् । युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गरिन्छ ।  

कम्बोडियाको नोम पेनमा २ दिन सम्म सन्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धिहरु क्राउनको लागि प्रतिस्पर्धा गरेका थिए । निर्णायकको लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भागलिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा समेत नेपाललाई उभ्याएको छ ग्लोबल भेन्चरले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्सकी डिरेक्टर, संगीता पुरीले भनिन्, ‘युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्वगर्न पाउँदा मैले अत्यन्तै गौरवानवित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरूले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो । मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबै कुरा लागु गर्न उत्साहित छु ।’

उनी युनिभर्सल वुमनका जजहरु मध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.