बुधबार, बैशाख २,२०८३ 08:59:25
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 08:59:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ईङ्वा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Bizshala
ईङ्वा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी पुस १६ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि  छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.